काठमाडौं — सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको १ सय ६ औं नयाँ शाखा अर्घाखाँचीमा विस्तार भएको छ।
उक्त नयाँ शाखाको बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले संयूक्त रुपमा उद्घाटन गरेका थिए।
इन्स्योरेन्सको पहुँच विस्तार गर्दै सर्वसाधारण जनतामाझ आफ्नो सशक्त उपस्थिति जनाउने उद्देश्यका साथ सो शाखा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
यो कम्पनी २०७४ कात्तिकदेखि संचालनमा आएको हो।