एजेन्सी – सोमबार राति फेलिक्स र उनका एजेन्ट जर्ज मेन्डिसले टुरिनमा ‘गोल्डेन ब्वाई अवार्ड–२०१९’ ग्रहन गरेका छन्।
गत महिना नै घोषण भएको ‘गोल्डेन ब्वाई अवार्ड’ पोर्चुगिज तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका युवा खेलाडि जोओ फेलिक्सलाई टुरिनमा प्रदान गरिएको हो। २० वर्षे फेलिक्सले यो अवार्ड जित्ने क्रममा जाडोन सान्चो, केइ हाभार्ट र अर्लिङ ब्राउट हल्यान्डजस्ता युवा स्टारलाई पछि पारेका थिए।

२० वर्षे युवा स्टार यस समरमा ११३ मिलियन पाउन्डमा पोर्चुगिज क्लब बेन्फिकाबाट मड्रिड आएका थिए। फेलिक्सले अघिल्लो सिजन बेन्फिकामा ४३ खेलमा २० गोल गर्दै आफ्नो छाप छोडेका थिए । मड्रिडमा भने उनले १७ खेलमा ४ गोल मात्रै गर्न सफल भएका छन् ।
अघिल्लो वर्ष म्याथ्थिज ड लिग्टले अन्सु फाती र फिल फोडेनलाई पछि पारेका थिए। यसअघि यो अवार्ड लियोनेल मेस्सी, वाइन रोनी, सेस फाब्रिगास र केलियन एमबाप्पेले जितिसकेका छन्।