काठमाडौं — सहसचिवको अघिल्लो बढुवामा नपरेका सात उपसचिव सर्वोच्च अदालतको आदेशपछि सहसचिवमा बढुवा भएका छन्। त्यस्तै अन्य ३७ सहसचिव पनि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा भएका छन्।
तत्कालीन राजप्रासाद सेवाका सात जना उपसचिवहरुलाई अघिल्लो बढुवा सूचनामा बढुवा समितिले समावेश गरेको थिएन। आफूहरुलाई अन्याय भएको भन्दै तत्कालीन राजप्रासाद सेवाका उपसचिवहरू रूद्रनाथ देवकोटा गौलोचन सैंजू, सुशील श्रेष्ठ, रामभक्त श्रेष्ठ, अद्वेतप्रकाश श्रेष्ठ, अमृतमान श्रेष्ठ र विनु बज्राचार्य कुँवर सर्वोच्च पुगेका थिए।
सर्वोच्चले सातै उपसचिवको पक्षमा फैससन मन्त्रालयले सूची सच्याएको हो । राजदबारमा कार्यरत कर्मचारीहरु राजप्रासाद सेवामा थिए । नेपालमा राजतन्त्र अन्त्यपछि २०६४ सालदेखि निजामती सेवा ऐनअन्तर्गत विशेष सेवा खडा गरी ती कर्मचारीहरुलाई समाहित गरिएको थियो।
बढुवाका प्रावधान एक वर्षपछि मात्रै लागू हुने भन्दै राजप्रासाद सेवाका कर्मचारीहरुलाई अघिल्लो पटक प्रकाशित बढुवाको सूचीमा बढुवा समितिले समावेश गरेकोे थिएन। उनीहरुले भने आफूहरुको सेवा नै परिवर्तन भएकाले बढुवाको प्रावधान तत्काल लागू हुनुपर्छ भन्दै सर्वोच्च गएका थिए।
यसैगरी लोक सेवा आयोगले निजामती सेवाका रिक्त ३७ सहसचिवको पदपूर्ति पनि बढुवाबाट गरेको छ। बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाअन्तर्गतका ३७ उपसचिवको सोमबार सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो। उपसचिवबाट सहसचिवमा बढुवा हुनेमा उपेन्द्रकुमार खनालदेखि कृष्णप्रसाद धितालसम्म छन् ।