काठमाडौं– स्वीडेनबाट साइकल चढेर नेपाल आएका गोरान क्रोप सगरमाथा चढ्ने बताएका छन्। मानिसका असिमित चाहाना हुन्छन्। आफ्नो रुची पूरा गर्न मानिसले जस्तोसुकै दुःख सहन्छ।
यस्तैमा स्वीडेनका गोरान क्रोपको साइकल प्रेम र पर्वतारोहणको चाहानालाई पुरा गर्न रोमाञ्चक तथा साहसी कदम चाल्दै विश्वलाई चकित बनाउदै चर्चित बनेका छन्।
सन् १९९६ मा यिनी १३ हजार किलो मिटर साइकलमा चढेर स्वीडेनबाट नेपाल आएका थिए। त्यसवर्ष उनले विना अक्सिजन सगरमाथाको आरोहण गरे। त्यसपछि उनी साइकलमै स्वदेश स्वीडेन फर्किए। सन् १९७२ मा क्रोप केवल ६ वर्षका हुँदादेखि नै यिनी पर्वतारोहणमा निकै रुची राख्न थाले। यिनका बुवाले त्यसबेला नै यिनलाई नर्वेको गाल्डोपिगन पर्वत लिएर गए, यो समुन्द्री सतहबाट ८१०० मिटर अग्लो छ।
स्वीडेनको सेनामा पाराशुट रेञ्जर रुपमासमेत कार्य गरेका क्रोप त्यसपछि विश्वका सर्वाधिक चुनौतिपूर्ण हिमालहरु आरोहण गर्न तर्फ लालाहित भए।
काजाकिस्तान र कीर्गिस्तानबीचको चुनौतिपूर्ण लेनिन चुचुरो सन् १९८८ मा यिनले चढेर भ्याए, त्यसपछि कोटोपाक्सि, इलाम्पू, हुयाना पाटोसी जस्ता चुनौतिपूर्ण र मोफसलका हिमालहरु यिनले चढे। त्यसपछि यिनको सपनाको चुचरो सगरमाथा बाँकी भयो, उनी सगरमाथाको आरोहणलाई विशेष बनाउन चाहन्थे। अक्टोबर १६ सन् १९९५ मा यिनले स्टकहोमबाट आफ्नो साइकलमा सगरमाथा आरोहण गर्ने लक्ष्यका साथ नेपाल तर्फको यात्रा शुरु गरे। यो साइकल विशेष गरि डिजाइन गरिएको क्रिसेन्ट अल्टिमा साइकल थियो।
२३८ पाउण्डको भारी साइकलमा हालेर यिनले सगरमाथाको यात्रा शुरु गरे, स्क्यान्डेनेभियन सागर तरेर मध्यपूर्व एसिया, म्सोपोटामिया हुँदै एसिया प्यासिफिक अनि नेपाल छिर्न सहज पक्कै थिएन। १३००० किमी साइकल कुदाएर यिनी सन् १९९६ को अप्रिलमा नेपाल आइपुगे, लगभग ६ महिनाको साइकल यात्रा पछि यिनी नेपाल आइपुगेका थिए।