काठमाडौं– एयरलाइन्स कृटिज एन्ड ब्लगर एशोसिएसनले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई सन् २०१९ का लागि ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्रदान गरेको छ।
एशोसियसनका अध्यक्ष टिपियस ग्रोबरका अनुसार चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, रिभ्युअर, यात्रु र एभियसन पत्रकारहरुले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई यो अवार्ड प्रदान गरिएको हो।
वायुसेवा कम्पनीका कर्मचारीले विमानस्थलमा यात्रुहरुलाई गर्ने व्यवहार, उडानका क्रममा क्रु–मेम्बरले गर्ने व्यवहार, यात्रु सेवा, इन्फ्लाइट खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्यलगायत आधारमा यो अवार्ड प्रदान गरिन्छ। एशोसियसनले ४ वर्षदेखि पत्रकार, यात्रु तथा ब्लगरको समीक्षाका आधारमा अवार्ड प्रदान गर्दै आएको छ।
यसअघि यो अवार्ड थाइ एयर र फिन एयरले पाइसकेका छन्।