डोटी– घाँस–दाउरा गर्दै गरेकी महिलाले फालेको मुढा लागेर को दिपालयमा एक सैनिक हवल्दारको मृत्यु भएको छ। मुढा लागेर नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटर राजपुरमा कार्यरत हवल्दार जगतजंग थापाको मृत्यु भएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार जंगलमा फाइरिङ गरेर फर्किने क्रममा घाँस–दाउरा गर्र्दै गरेकी शारथी कठायतले माथिबाट फालेको मुढा थापालाई लाग्न पुगेको थियो। मुढा लागेपछि घाइते भएका सैनिक हवल्दार थापालाई उपचारका लागि शैलेश्वरी अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको ज्यान गएको हो। कठायत घरमै रहेको र सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।