इलाम– माई नगरपालिकामा आजमंगलबार देखि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन सुरु गरिँदैछ। नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि पनि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन गर्न लागिएको हो।
नगरपालिकाको काम छिटो तथा आधुनिक बनाउन पहल भइरहेका बेला यस प्रविधिले पनि सहयोग मिल्ने नगरपालिकाका प्रमुख दीपक थेवेले बताए। यसका लागि आवश्यक इन्टरनेट जडान भइसकेको, कम्प्युटर र दक्ष कर्मचारीको पनि व्यवस्था गरेको छ।
नगरपालिकाका कर्मचारीलाई दुईदिने तालीम दिइएको, नगरपालिकाका केही कर्मचारी र प्रत्येक वडामा एक एक कर्मचारीलाई यससम्बन्धी तालीम दिएर काम गर्न सक्ने बनाइएको उनले बताए।
सदरमुकामभन्दा टाढा रहेका स्थानीय तहहरुमा इन्टरनेटको समस्या हुने भएपनि माइ नगरपालिकामा भने आवश्यक नेट जडानपछि खासै समस्या नहुने बताइएको छ। यसअघि नै इलाम, देउमाई र सूर्योदय नगरपालिकामा भने अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु भइसकेको छ।