एजेन्सी– पाकिस्तानमा पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई फांसी (मृत्युदण्ड) सजायको फैसला सुनाइएको छ। पाकिस्तानको इतिहासमा पहिलोपटक लाहोर उच्च अदालत ३ जना न्यायाधीशको इजलाशले राष्ट्रप्रमुख भइसकेको व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाएको हो।
मुशर्रफ भने अहिले पाकिस्तानमा छैनन्। उनी दुबईमा आफ्नो उपचार गराइरहेका छन्। मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको कसुरमा दोषी पाइएको हो।
सन् २००७ मा देशमा संकटकाल लगाएको अभियोगमा मुशर्रफविरुद्ध सन् २०१३ मा मुद्दा दर्ता भएको थियो। मुशर्रफलाई ३१ मार्च २०१४ मा अदालतले उक्त प्रकरणमा दोषी ठहर गरेको थियो।
पाकिस्तानी सेनाका प्रमुख मुशर्रफले सन् १९९९ मा नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए। मुशर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए।