काठमाडौं — बिपी प्रतिष्ठान धरानका रजिष्ट्रारसहित चार जनाविरुद्ध विषेश अदालत मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा उनीहरुमाथि मुद्धा दायर गरेको हो। रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित चार जनाले जीवन पौडेलको नाममा ५ लाख ५० हजार रुपैयाँ चेक जारी गरेको भेटिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
उक्त अनुसन्धानबाट आरोप पुष्टि भएसँगै रजिष्ट्रार श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाविरुद्ध मुद्दा दायर गरिएको हो।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) र दफा १७ बमोजिम बिगो रकम ५ लाख ५० हजार कायम गरी सजाय माग गरिएको छ।