काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ। सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनाबारे छानविन गर्न मन्त्रालयर्ले समिति गठन गरेको हो।
आइतबार भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरुलाई बोलाएर दुर्घटनाको छानविन गर्न र न्यूनिकरणमा कदम चाल्न निर्देशन दिएका थिए।
मंगलबार मन्त्रालयले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सहसचिव राजेन्द्रराज शर्माको नेतृत्वमा समिति बनाएको छ। गृह मन्त्रालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधि समेत रहेको समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
मन्त्रालयले विगतमा भएका दुर्घटनाहरुको अध्ययन गरी कारण, न्यूनिकरण उपायबारे नीतिगत र संरचनागत सुधारबारे प्रतिवेदन बुझाउन अर्को समिति बनाएको छ।