काठमाडाैँ– चिनियाँ मोबाइल निर्माता कम्पनी हुवावेले नेपाली बजारमा फुल एचडि प्लस डिस्प्ले रहेको वाइनाइन एस सार्वजनिक गरेको छ। अटो पपअप क्यामरा भएको यो स्मार्टफोन चर्चित वाइ नाइन प्राइम २०१९ को अपग्रेडेड भर्जन हो।
१६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको वाइनाइन एसमा चारहजार एमएएचको ब्याट्री रहेको छ। फोनमा अल्ट्रा वाइड एंगल, ४८ एमपी एआई ट्रिपल क्यामरा तथा साइड फिंगरप्रिन्ट डिजाइन समेत रहेको छ ।
यो एन्ड्रोइड भर्जन ९ पाईमा आधारित रहेको छ। किरन ७१०एफ चिपसेट जडित फोनमा ६ जीबी र्याम र १२८ रोम उपलब्ध रहेको छ। आधुनिक र आर्क्षित डिजाइन तथा अल्ट्रा वाइड एंगल ४८ एमपी एआई ट्रिपल क्यामरा तथा साइड फिंगरप्रिन्ट डिजाइन यसमा छ।
यद्यपी यो फोन काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक गरेपनि बजारमा भने अर्को हप्ताबाट मात्र उपलब्ध हुने कम्पनीले जनाएकाे छ।