चीन– चीनको एक कोइला खानीको सुरुङमा थुनिएर १४ कामदारको मृत्यु भएको छ। अरु दुईजना अझै कोइलाखानीको सुरुङमा थुनिएकाले खोजी भैरहेको छ।
सात जना कामदारको भने सकुशल उद्दार गरिएको छ। चीनको दक्षिण पश्चिमी ग्वान्झाउ प्रान्तको कोइलाखानीमा आज विहान सो घटना घटेको हो।
कामदार सुरुङमा फसेको समयमा अत्याधिक ग्यास लिक हुँदा सो दुर्घटना भएको अनुमान गरिएको छ।