काठमाडौं– उपभोक्ताको स्वास्थ्यमा ध्यान दिने किसान र फार्र्म सञ्चालकलाई प्रोत्साहान गर्न ‘असल कृषि फार्र्म’गणना प्रारम्भ गरिएको छ। कृषि परियोजना टीकाथली, विशेष सदाबहार कृषि फार्म, रामकोट र मैत्रीमङ्गलम् अर्गा्निक कृषि फार्र्म रामकोटलाई पहिलो चरणमा असल कृषि फार्म घोषणा गर्न लागिएको हो।
खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले ती फार्मले ‘असल कृषि अभ्यास लागू गरी उत्पादन गरेका थिए। मानव स्वास्थ्यमा प्रतिकूल असर नपुग्ने गरी प्राङ्गारिक मापदण्डअनुरुप तरकारी तथा खाद्यान्न उत्पादन गरेकाले फार्र्मलाई असल कृषि फार्र्म घोषणा गर्न लागिएको विभागका महानिर्देशक डा मतिना वैद्यले जानकारी दिए।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘असल कृषि अभ्यास मापदण्ड कार्यान्वयन निर्दे्शिका, २०७५’ हालै जारी गरेको थिया। निर्दे्शिकामा फलफूल तथा तरकारी बालीअन्तर्गत बोडी, सिमी, परवल, भेडेखुर्सानी, काँक्रो, घिराैँला, प्याज, फर्सी, जुगेनी रायो, साग, सुन्तला, आँप र अङ्गुरमा विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरिएको छ।
यसैगरी मासु तथा मासुजन्यअन्तर्गत कुखुरा, हाँस, टर्की, खसी÷बोका, भेडा, बङ्गुर सुँगुर, खरायो, माछा, झिङ्गे माछा र ट्राउट माछामा विषादीको अधिकतम सीमा निर्दे्शिकाले तोकेको छ। फलफूल, तरकारी र मासुमा प्रयोग भएको विषादीको अवशेषको सीमा भने राजपत्रमा प्रकाशित हुन ढिलाइ भइरहेको बताइन्छ। (रासस)