एजेन्सी– अब देखि फोटो तथा भिडियो पोस्ट गर्ने क्रममा इन्स्टाग्रामले संभावित आपत्तिजनक क्याप्सन हुन सक्ने विषयमा सचेत गराउने भएको छ।
यसमा प्रयोग गरिएको आर्टिफिसियल इन्टेलिजेन्सले स्वचालित रुपमा चोट र्पुयाउने किसिमका पोष्टको क्याप्सन पहिचान गर्नेछ र एपले ‘यस अघि रिपोर्ट गरिएका अन्य पोष्टहरुको जस्तै क्याप्सन छ’ जस्तो नोटिफिकेशनमार्फत प्रयोगकर्तालाई सेचत गराउने कम्पनीले बताइएको छ।
यसका साथै एपले क्याप्सन परिवर्तन गर्न प्रोत्साहित समेत गर्नेछ। तर यसले परिवर्तन गर्न नसकिने किसिमको विकल्प समेत दिने उल्लेख छ। संभावित क्षति र्पुयाउन सक्ने र अनलाइनमार्फत हुने बदमासी जस्ता पोष्टहरु राख्ने सन्दर्भमा प्रयोगकर्तालाई पुनर्विचार गराउन यस्तो फिचर सुरु गरिएका कम्पनीको भनाई छ।