पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा दुईवटा नेपाली ट्रयाक्टर सहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका ४ भेडहा खोलाबाट अवैध रुपमा बालुवा लोड गरि ल्याउँदै गर्दा ना.६ त ७९०४ र ना ५ त ६५४३ नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ।
गस्ती गर्ने क्रममा अवैध रुपमा ल्याउँदै गरेको बालुवा ट्रयाक्टर सहित वीरगंज महानगरपालिका ३२ बस्ने मुन्ना साह सोनार र २५ वर्षिय हाकिम देवालाई थप अनुसन्धानको लागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागी जिल्ला समन्वय समितिको जिम्मा लगाइएको पर्सा प्रहरीले जनाएको छ।