एजेन्सी– मंगलबार राति इंग्लिस लिग कप फुटबलमा लिभरपुल एस्टन भिल्लासँग ५–० ले पराजित भएको छ। दोसो्र रोजाईको खेलाडीलाई मैदानमा उतारेको लिभरपुल लज्जास्पद हार बेहोर्दै क्वाटरफाइनलबाटै बाहिरिएको छ।
लिभरपुलको शीर्ष टोली भने क्लब विश्वकपको तयारीमा रहेको छ। भिल्लाको फराकिलो जितमा जोनाथन कोदजियाले दुई तथा कोनोर र वेस्लीले गोल गरे। एक गोल उपहार पाएको थियो।

एकपक्षीय बनेको खेलमा भिल्लाले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा भिल्लाले एक गोल थप्न सफल भयो । १४औं मिनेटमा कोनोरको गोलबाट भिल्लाले खेलमा अग्रता बनाएको थियो। १७औं मिनेटमा मोर्गान बोयसको आत्मघाती गोलबाट भिल्लाले अग्रता दोब्बर बनायो।
३७औं र ४५औं मिनेटमा जोनाथनले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा ४–० ले अघि बढाए । ९०औं मिनेटमा वेस्लीले गोल गर्दै एस्टन भिल्लालाई ५–० को फराकिलो जित दिलाए ।
अर्काे क्वाटरफाइनलमा आज राति एभर्टन र लेस्टर सिटी, अक्सफोर्ड युनाइटेड र म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र कोलचेस्टर युनाइटेडबीच खेल हुनेछ।