उदयपुर — बालविवाहका विषयमा छलफलका क्रममा आक्रमण हुँदा त्रियुगा नगरपालिका ४ डाँडाटोलकी एक युवती घाइते भएकी छन्।
सोमबार प्रहरी समेतको उपस्थितिमा वडा कार्यालयमा छलफल भइरहेको बेला केटा पक्षले आक्रमण गर्दा ३२ वर्षीया सिर्जना विश्वकर्मा घाइते भएकी हुन्।्।घाइतेको गाईघाटस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ। उनको दायाँ हातको औंला भाँचिए सँगै आँखामा चोट लागेको बताईएको छ। आक्रमणमा वडा सदस्य अमृता रोक्का पनि परेकी छन्।
स्थानीय १५ वर्षीय अभिषेक विश्वकर्मा र १५ वर्षकै रिमा विश्वकर्माले डेढ महिनाअघि विवाह गरेका थिए । उनीहरु घरबाट भागेर बिवाह गरेका थिए। बालविवाह गरेको भन्दै जिल्ला प्रहरीमा उजुरी परेपछि दुवै पक्षलाई राखेर छलफल गरिएको थियो । छलफलमा किशोरकिशोरीको उमेर नपुगेकाले पुगेपछि विवाह गर्ने गरी प्रहरीले आ–आफ्नो अभिभावकलाई जिम्मा लगाईदिएका थिए।
तर पछि किशोरकिशोरीको घरमा गएपछि विवाद भएको थियो। दुवै पक्षमा विवाद हुँदा किशोरलाई उनका अभिभावकले भगाएर दिल्ली पठाई किशोरीलाई अभिभावकको जिम्मा लगाउन आउँदा किशोरीका अभिभावकले स्वीकार गरेनन्।
किशोरीका अभिभावकले केटा भगाएर किशोरीलाई मात्रै ल्याएको भन्दै जिम्मा लिन नमानेपछि वडा कार्यालयमा छलफल गरी किशोर नआएसम्म किशोरीलाई सुरक्षित आवासगृहमा राखिएको थियो। अभिषेकलाई दिल्लीबाट ल्याएपछि सोमबार वडा र्कायलयमा भएको छलफलका क्रममा किशोरका बुबा अर्जुन विक, आमा मिश्री विक, हजुरआमा गोमा विक र मामा टीकाराम विकले एक्कासि सिर्जना वडा सदस्य रोक्कालगायत माथि आक्रमण गरेको दलित अगुवा बलदेव विश्वकर्माले बताए।
वडा कार्यलयमै छलफल चलिरहेको थियो अभिषेक, उनको बुबा, आमा, हजुरआमा र मामा आक्रोशित अवस्थामा थिए। घाइते सिर्जनाले भनिन्छलफल चलिरहेका बेला बसेको स्थानबाट उठेर उनीहरू आक्रोशित हुँदै चिच्याएकाले बसेर कुरा गरौंभन्दा एक्कासि आक्रमण गरे। वडाका जनप्रतिनिधि प्रहरी स्थानीय नागरिक समाज र दलित अगुवाको उपस्थितिमा भइरहेका छलफलमा आक्रोशित नहुनभन्दा आफूमाथि एक्कासि आक्रमण भएको उनले बताईन्।
अभिषेक र रिमाको विषयमा पहिले पनि छलफल भएको थियो। पहिले प्रहरीमा छलफल भई दुवैलाई उमेर नपुगेकोले आ–आफ्नो अभिवाकको जिम्मा लगाइएको थियो। वडा सदस्य रोक्काले भनिन् तर केटाकेटीसँगै भएपछि केटालाई बाहिर पठाएर केटीलाई उनका अभिभावकलाई जिम्मा लगाउन लागिएको थियो।