काठमाडाैं - धना परियार, दैलेखमा जन्मिईन। त्यहि हुर्किईन पनि। प्लस टु सम्मको पढाई दैलेखमा नै गरेकी धना अहिले काठमाडौं उच्च शिक्षा अध्ययन गर्दैछिन्।
छाउपडी प्रथाका कारण पिडित हुनेमध्येकी एक हुन धना। तर, उनको पिडा भने अरुको भन्दा अलि बेग्लै छ। धना सानै हुँदा उनकी आमा महिनावारीको बेलामा छाउपडि (गोठ) मा बसिरहेकी थिईन्। त्यसैबेलामा उनकी आमाले सानी धनालाई गोठमै छाडेर घाँस काट्न गईन।
उनले धनालाई अगेना नजिकै सुताएर गएकी थिईन्। त्यहि अगेनाको आगोमा धना परिन्। आगोमा परेकी धनाको ज्यान त जोगियो तर, शारिरीक रुपमा भने उनलाई धेरै क्षती पुग्यो।
शरिर पुरै जल्यो, हात नचल्ने भयो, आगोले जलेर आँखा लगभग टालियो, कपाल फेरी कहिल्यै नपलाउने गरी जल्यो, अनुहार नराम्ररी जल्यो। तर, त्यो आगोले उनको प्रतिभा भने जलाउन सकेन्।
मिठो स्वरकी धनी धनाको गाउने कला भने जस्ताको त्यस्तै रह्यो। जुन कलाले आज उनलाई यो समाजमा एउटा पहिचान दिलाएको छ। लोक दोहोरी गायिका धना परियारसँग नेपाली पब्लिकका ज्ञानेन्द्र शाहीले गर्नुभएको भिडियो अन्तरवार्ताको संपादित अंश।
१. अहिले तपाईँको स्वास्थ्य कस्तो छ?
पहिलेको भन्दा एकदमै सुधार भएको छ, तर शरीर बेला–बेलामा दुख्छ।
२. पछिल्लो समय मिडियमा किन कम देखिनु भएको?
कतिपय गीत रेकर्डिङ्मा धनाले अझैं सिकेर आउँदा राम्रो हुन्छ भनेर मलाई निरुत्साही बनाउँने काम भएको कारण अफर आएको गाईरहेकी छु तर मिडियामा अलि कम नै देखिएकी छु।
३. गीत रेकर्डिङ्मा कतिको व्यस्त हुनुहुन्छ?
जति अफर आउँछ गाईरहेकी छु, त्यति व्यस्त छैन, खाली पनि छैन।
४. काठमाडौंमा गीत संगीत बाहेक अरु के गरिरहनु भएको छ?
कलेज पढिरहेकी छु, बाँकी समय संगीत पनि सिकिरहेकी छु।
५. मिडियामा आएर यति मिठो गीत गाएर चर्चा पाउँदा आफ्नै जिल्लाहरुमा कार्यक्रममा आयोजकहरुले कतिको सम्झनु भाको छ?
अहिलेसम्म कसैले सम्झनु भएको छैन। जिल्ला भन्दा बाहिरका सर्जकहरुका गीतहरु नै धेरै गाएकी छु।
६. अब व्यवसायिक रुपमा अगाडि बढ्नको लागि कतिको सहज छ?
एकदमै गाह्रो छ, कि आर्थिक रुपमा बलियो हुनुपर्छ, कि आफ्नो मान्छे नै हुनुपर्छ।
७. लाईभमा गाएको जति रेकर्डमा आवाज त्यति मिठो नसुनिनुको कारण के हो?
सबैले त्यसै भन्नुहुन्छ, मलाई नि त्यस्तै लाग्छ सायद मेरो कमजोरी हो कि।
८. कस्ता गीतका लागि धेरै अफर आउँछ?
दुःख पिरका गीतमा धेरैले सम्झनु भएको छ।
९. यहाँ आफैले कस्ता गीत गाउँन मन पराउनु हुन्छ?
मलाई पनि त्यस्तै गीत बढी मन पर्छ। तर सबै प्रकारका गति गाएकी छु।
१०. कुन अग्रज कलाकारलाई आफ्नो प्रेरणा ठान्नुहुन्छ?
बिमाकुमारी दुरा र बिष्णु माझीका धेरै गीत सुनेर प्रभावित भएकी हुँ, र उहाँहरु नै मेरो प्रेरणा हो। बिष्णु माझीले गाउनु भएको नाम आवाज दुवै थाहा थियो तर बिमाकुमारी दुराको नाम थाहा थिएन तर गीतहरु धेरै सुन्थे।
पुरा अन्तरवार्ता हेर्नुहोस:
https://www.youtube.com/watch?v=ZIuT8Rm6ohw