पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा काठमाडौं गोल्डेन वारिवर्सले पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा काठमाडौंले धनगढी ब्लुजलाई १ सय ८ रनको फराकिलो अन्तरले हराएको हो।
पोखरा रंगशालामा काठमाडौंले पहिले ब्याटिङ गर्दै धनगढीलाई दिएको १ सय ८६ रनको ठुलो विजयी लक्ष्य दिएको थियो। विशाल लक्ष्य पछयाएको धनगढीले धनगढी १६ ओभरमा खल आउट हुँदै ७९ रन मात्र बनाउन सक्यो। उसका लागि लागि सृमान्था विजारत्नेले१५ रन तथा रोड्रिगो थोमसले १० रन बनाए। काठमाडौंको बलिङमा बसन्त रेग्मीले ३ विकेट लिए भनेपवन सर्राफ र सुबोध भाटीले समान २–२ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रनको विशाल योगफल तयार पारेको थियो। काठमाडौंको पारीमा कप्तान ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिङ गर्दै शतकीय पारी खेले। उनले रनको शतकीय इनिङ्स खेले ।
उनले ३८ बलमा ८ चौका र ९ छक्का प्रहार गर्दै सय रन बनाएका थिए। धनगढीको बलिङमा कमलसिंह ऐरी एक्लैले ४ विकेट लिए भने सागर ढकालको नाममा एक विकेट रह्यो।