काठमाडौं– ‘म्यान अफ द वर्ल्ड नेपाल’ को सेमीफाइनल सकिएको छ। गड्स अफ हेभन इभेन्ट्स प्राइभेट लिमिटेडद्वारा आयोजित कार्यक्रम यही मङ्सिर २९ गतेदेखि सोल्टी होटलमा भएको कार्यक्रमबाट टप ३ लाई छनौट गरिएको हो। टप ३ मा परेका प्रतियोगी अष्ट्रेलियामा हुने नेपाल ओसियानाको मिस्टर मिस र मिसेस प्रतियोगितामा सहभागी हुनेछन्। उक्त प्रतियोगिताका विजयीले ‘म्यान अफ द वर्ल्ड नेपाल २०२०’ को टाइटल जित्नेछन्।
कुल १३ प्रतियोगीबिच भएको प्रतिष्पर्धाबाट प्रिन्स मिलिनियम सुब्बा, राजेन्द्र रावल र सन्दिप राज पन्त टप थ्रीमा छनौट भएका हुन्।म्यान अफ द वर्ल्ड नेपालको विजेता बनेमा ‘भ्रमण बर्ष २०२० ‘ प्रमोसनको लागि के गर्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृस्ट जवाफ दिएर उनीहरु टप ३मा पर्न सफल भएका हुन्। उक्त प्रतियोगितामा मल्टिमिडिया अवार्ड र मिस्टर ट्यालेन्ट निश्चल बिश्वकर्मा, फिजीक प्रिन्स सुब्बा, बेस्ट वाक जनक थापा मगर, फोटोजेनिक मनिष ढकाल र पव्लिक च्वाइस चिरन्जीवी थापा बनेका थिए।
सुभेक्षा थापाले संचालन गरेको प्रतियोगितामा सुरज सिंह ठकुरी, स्नेहा श्रेष्ठ, राम चन्द ठाकुर महेश्वर महर्जन र शामिम अनवरले निर्णायक भूमिका निर्वाह गरेका थिए। जुन दिनमा कार्यक्रमको रमाईलो बेग्लै भएको थियो। अन्तराष्ट्रिय प्रतियोगिता ‘म्यान अफ द वर्ल्ड’ को पन्चाइजको रुपमा यो प्रतियोगिता आयोजना गरिएको हो। फिलिपिन्सको कार्यक्रममा नेपालको विजेताले प्रत्येक वर्ष फिलिपिन्समा हुने प्रतियोगितामा सहभागिता जनाउने छ।
यस अघि नेपालका २ विजेताले प्रतियोगितामा भाग लिईसकेका छन्। सो भन्दा पहिले अस्ट्रेलियाको सिड्नीमा यही फेब्रअरी ८ मा हुन गइरहेको प्रतियोगितामा नेपाल विजेताले भाग लिने छन् र फिलिपिन्स जानको लागि छानिने गड्सका धुर्व बुढाथोकीले बताए।