काठमाडौँ– नेपाली युवाहरुको समूहले नेपाली ब्राण्डको रुपमा पहिलो पटक इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गर्ने भएका छन्। यात्री डिजाईन स्टुडियोको नामबाट स्थापना भएको स्टार्टअप कम्पनीले नेपाली बजारमा नयाँ मोटरसाइकल ‘यात्री पी–०’ सार्वजनिक गर्ने तयारी गरेका हुन्।
युवा इन्जिनियरहरुको समूहले उक्त इलेक्ट्रीक मोटरसाइकल नेपालमा नै डिजाइन गरेका छन् र डिजाइनको आधारमा यो उत्कृष्ट मोटरसाइकल हुने उनिहरुको दाबी रहेको छ।
यद्यपी यो नेपालमै डिजाइन गरेता पनि यसको केही पार्ट यहि उत्पादन गरेका हुन् भने केही बाहिर उत्पादन गराएर नेपाल ल्याएका हुन्।
निकै प्रिमियम देखिने यो मोटरसाइकलले विश्व बजारमा चर्चा पाउने निर्माण कम्पनीको विश्वास रहेको छ।
यो आकर्षक देखिने मोटरसाइकलको सम्पूर्ण जानकारी भने आइसकेको छैन्।