एजेन्सी– ‘छ माया छपक्कै’ र ‘पोई पर्यो काले’ पछि हलमा नेपाली चलचित्रको खडेरी नै लागेको छ। पौष महिनामा पनि यो खडेरी जारी रहनेछ। यसैले, शुक्रबारदेखि रिलिज हुन लागेको बलिउड सुपरस्टार सलमान खान अभिनित चलचित्र ‘दबंग–३’ ले देशभरका सिंगल तथा मल्टिप्लेक्स हलमा दबदबा कायम गर्ने पक्का छ।
त्यसैले नेपालका हलवालाहरुमा खुसीयाली छाएको छ।सलमान खानको क्रेज नेपालमा राम्रो छ। यसैले, तिहारपछि सुनसान जस्तै देखिएका नेपालका हल डिसेम्बर २० बाट भरिने अपेक्षा हल सञ्चालकको छ। यही आशा अनुसार, यो चलचित्रलाई मल्टिप्लेक्स हलले उच्च शो दिएका छन्। देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स ‘क्यूएफएक्स’ ‘दबंग–३’ ले लाई अहिलेसम्मकै सर्वा्धिक शोज दिएको छ।
यो चलचित्रलाई देशभरका १२ वटा हलमा ८८ शोज दिइएको छ। यो कुनै, चलचित्रलाई क्यूएफएक्सले दिएको अहिलेसम्मकै उच्च शोज हो। देशभरका क्यूएफएक्सका सबै हलमा चलचित्रले रेकडब्रेक शोज पाएको छ। यसैले, यी सबै शोजमा दर्शकको उपस्थिती बलियो बनेको खण्डमा ‘दबंग–३’ ले रेकर्डब्रेक व्यापार गर्ने पक्का छ। यो चलचित्रलाई अन्य मल्टिप्लेक्सले पनि सबैजसो शोज दिएका छन् ।
नयाँ नेपाली चलचित्र नहुनु, हलमा लागेका अधिकांश नेपाली र विदेशी चलचित्र उत्रिनु आदिले पनि ‘दबंग–३’ लाई फाइदा भएको हो। सिंगल हलमा पनि नेपाली चलचित्रको नाजुक अवस्था रहेकाले शुक्रबारदेखि धेरै सिंगल हलले यो चलचित्र लगाउने तयारी गरेका छन्। प्रभु देवाको निर्देशनमा तयार भएको यो चलचित्रमा सलमान खान, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका छ।