एजेन्सी– हस्कभर्नाले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ। कम्पनीले बजाजको इलेक्ट्रीक स्कुटर चेतकको मोडेलमा आधारित भएर सन् २०२१ सम्ममा भारतीय बजारमा उक्त स्कुटर सार्वजनिक गर्ने तयारी गरिरहेका हुन्।
यो स्कुटरमा उपलब्ध अधिकांश विशेषता, चेतकसंग मिल्दोजुल्दो हुने कम्पनीले जनाएको छ। हस्कभर्नाले सार्वजनिक गरेको इमेज अनुसार उक्त स्कुटरमा चेतकमा दिइएको जस्तै चार किलोवाटको मोटर लगाइएको छ। तर, सो स्कुटरमा सिंगल साइडेड स्विंगआर्मको फिचर भने दिइएको छैन्। सो स्कुटरमा चेतकमा भएजस्तै आईपि ६७ रेटेड ब्याट्री लगाइएको छ। ३ घन्टा ५० मिनेटमा ८० प्रतिशत चार्ज हुने यो स्कुटरमा फास्ट चार्जिङको फिचर दिइएको छ।
यसमा इन्स्ट्रुमेन्ट कन्सोलसंगै स्मार्टफोन इन्र्टरग्रेशन सपोर्ट, एलइडी लाइटिंङ र दुबै साइडमा डिस्क ब्रेक लगाइएको छकरिब एक लाख २५ हजार भारुमा सार्वजनिक हुने यो स्कुटर बजाजको पहिलो इलेक्ट्रीक मोडलका रुपमा आउने छ।