काठमाडौं–पौष महिना लागेसँगै काठमाडौमा अत्याधिक जाडो बढेको छ। अझ, रातको समयमा चिसोका कारण बाहिर हिडडुल गर्न समेत निकै समस्या छ। चिसो मौसममा रातभरी पानीमा रुझ्दै काम गर्नु आफैमा सजिलो काम भने होइन। तर, चलचित्र ‘चपली हाइट–३’ का कलाकार भने रातभर पानीमा रुझेर काम गरिरहेका छन्।
निर्माता अर्जुन कुमारका अनुसार, चलचित्रको सेटमा रातभर ट्याङ्करबाट पानी झारेर छायाँङ्कन गरिएको छ। उनका अनुसार, अहिले चलचित्रको क्लाइमेक्सको छायाँङ्कन भईरहेको छ। नायिका स्वस्तिमा खड्का र नायक आमिर गौतम रातभरको चिसोमा रुझेर चलचित्रमा काम गरिरहेका छन्। निर्माता अर्जुन कुमार भन्छन्, ‘हामीले मंगलबार मात्र १० ट्याङ्कर पानी छायाँङ्कनमा प्रयोग गरेका छौ। जाडो मौसम भएपनि कलाकारको मिहिनेत आफैमा प्रशंसनिय छ।’
निकेश खड्काको निर्देशनमा निर्माण र्भरहेको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। जसलाई दर्शकहरुका लागि नयाँ बर्षको बिशेष उपहार पनि भनिएको छ।