काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग फुटबलमा रुस्लान थ्री स्टार क्लब र प्रभु जावलाखेल युथ क्लबले बराबरी खेलेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा गोलरहित बराबरी खेल्दै दुबै टोलीले अंक बाँडेका हुन्।
प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा दुबै टोलीले केहि सुनौलो अवसरहरु पाएका थिए। तर गोल गर्न भने सकेनन्। खेलको ११ औं मिनेटमा जावलाखेलले अग्रता लिने सुन्दर मौका पाएपनि सफल हुन सकेन।
त्यस्तै १६ औं मिनेटमा थ्रीस्टारका रुपेश केसीको बक्स बाहिरको प्रहार गोलरक्षक टेकेन्द्र थापाले सहजै बचाए। पहिलो हाफ गोलरहित बराबरीममा सकिएको थियो। दोस्रो हाफको सुरुवाती समयमा थ्री स्टारले थप आक्रामक खेलेपनि गोल गर्न सकेन। बराबरीसँगै दुबै टोलीले लिगमा एक–एक अंक बाँडेका छन्।