काठमाण्डाैँ– आउँदो पुस ४ र ५ गते काठमाडौँको थापागाँउ स्थित प्रेसिडेन्टियल विजनेश स्कुललको मैदानमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आयोजना हुने भएको छ। स्टार्टअप कम्पनीका नयाँ उत्पादन तथा आविष्कारलाई पहिचान र प्रवर्द्धन गर्ने उदेश्यका साथ मेला हुने भएको हो।
कार्यक्रममा ५० बढी स्टलहरु रहने आयोजक लिभिङ विथ आईसीटीले जनाएको छ। आईटी तथा इन्नोभेसनमा केन्द्रीत नयाँ कम्पनी तथा आईटीका विद्यार्थीहरुले सहभागिता जनाउने यस मेलामा रोबोटको फुटबल प्रतिस्पर्धा समेत हुनेछ। नेपालीहरुले बनाएका रकेट, ड्रोन र सफ्टवेयरहरुको प्रदर्शनी देख्न सकिनेछ।
कार्यक्रमको पहिलो दिन इमर्जिङ टेक्नोलोजि (एआई, आइओटी, क्लाउड टेक्नोलोजिज)मा वर्कशप सञ्चालन हुनेछ भने दाश्रो दिन स्टार्टअप तथा उद्यमशिलताको विषयमा सम्मेलन चल्नेछ। प्रदर्शनीको अवलोकन भने निःशूल्क गरिएको आयोजकले जनाएको छ। १० हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ।
लिभिङ विथ आइसिटीले विगत ५ वर्षदेखि आइसिटी अवार्ड कार्यक्रम समेत आयोजना गर्दै आएको छ। नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, रोबोटिक्स क्लब अफ एसोसिएसन, साइन्स टिचर्स एसोसिएसन, सीएसआईटी एसोसिएसन, टेक्नोरियो, नियर, कनेक्ट आइपीएस, ब्रोड(वे इन्फोसिस, लगायतले मेलालाई साथ दिएका छन्।