काठमाडौं– नेपाली कलाकर्मीले १ हप्ताभित्रै ३ जना कलाकारलाई गुमाएको छ। चलचित्र बिकास बोर्डका अध्यक्ष्य केशव भराट्टई र दिपक क्षेत्रीको निधन भए लगत्तै अर्को लोकप्रिय कलाकार तथा पटकथा लेखक आनन्द थापाको ८० बर्षको उमेरमा निधन भएको छ। दर्जन बढी नेपाली चलचित्रमा अभिनय गरेका थापाको गएराती निधन भएको हो।
उनको पार्थिव शरीरलाई आज बिहान साढे १० बजेदेखि १२ बजेसम्म पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। थापाले खेलेका ‘मनको वाँध, कुमारी, कान्छी, मायाप्रिती, प्लान, राज, ठूली, बरदान, त त साह्रै विग्रिस नी बद्री, मलाई मन पर्यो’ लगायतका चलचित्र छन्।