एजेन्सी– बजाजले एउटा आफ्नो ब्राण्ड भित्र एभेन्जर, पल्सर, डिस्कभर, भीक्रान्त, डोमिनार जस्ता विभिन्न सिरिजमा बाइक निमार्ण गर्दै आएको छ। यसै क्रममा बजाजले भारतीय बजारमा बजाज डोमिनार ४०० पश्चात् डोमिनार २०० सार्वजनिक गर्ने भएको छ।
बजाजले डोमिनार २०० ले डोमिनर सिरिजलाई अझै लोकप्रिय बनाउने आशा लिएको छ। बजाज डोमिनार ४०० फिचर लोडेड मोटरसाइकल रहेको छ भने, बजाज डोमिनारमा उक्त फिचर लोडेड मोटरसाइकल हुने छैन्। कम्पनीले डोमिनार २०० लाई बजेट मोटरसाइलको रुपमा निर्माण गरेको छ।
२०० सीसी फ्यूल इन्जेक्सन इन्जिन रहेको डोमिनार २०० मा कम्पनीले बजाज आरएस २०० को इन्जिन प्रयोग गरेको छ। कम्पनीको अनुसार यो इन्जिनले २१ बीएच पावर तथा १६ एनएम टर्क जेनेरेट गर्छ भने, यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ।
यो मोटरसाइकल बजाज अटोले भारतीय बजारमा २०२० को अन्त्यसम्ममा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यो मोटरसाइकलको मूल्य १ लाख २० हजार भारतीय रुपैयाँ रहने अनुमान गरिएको छ।
बजाज डोमिनार २०० काे इन्जीनकाे विशिष्टता:
Engine displacement and type |
200cc, fuel-injected, liquid-cooled, SOHC, single cylinder |
Power |
21 BHP |
Torque |
16Nm |
Transmission |
6-speed |
Suspension (front/rear) |
Telescopic forks/Nitrox monoshock |
Brakes (front/rear) |
Single 300mm disc with ABS/Single 230mm disc |