एजेन्सी– एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा भारत र वेस्ट इन्डिज प्रतिस्पर्धा गरिरेहका छन्। भिसाखापटनामा जारी खेलमा भारतले वेस्ट इन्डिजलाई ३ सय ८८ रनको विशाल लक्ष्य दिएको छ।
ओपनर रोहित शर्मा र केएल राहुलको शतकीय पारीमा भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८७ रन बनाएको हो। राहुलले १ सय ४ बलको सामना गर्दै ८ चौका र ३ छक्काको मद्धतमा १ सय २ रन बनाए भने शर्माले १ सय ३८ बलमा १७ छक्का र ५ छक्काको मछतमा १ सय ५९ रन बनाए। त्यस्तै श्रेयस लायरले ५३ तथा रिशव पन्तले ३९ रन बनाए।
वेस्ट इन्डिजको बलिङमा शेल्डन कोट्रेलले २ विकेट लिए। ३ खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले भारतलाई ८ विकेटले हराएको थियो। सिरिज जित्ने आशा जिवितै राख्न भारतलाई आजको खेल जित्नैपर्ने छ भने आजको खेल जितेमा सिरिज वेस्ट इन्डिजले जित्नेछ। अहिले वेस्ट इन्डिज जवाफि ब्याटिङ गरिरहेको छ।