काठमाडौं– नेपालको चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल सीजन ३’ लाई डिशहोम पनि साथ दिने भएको छ। यहि पुष महिनाबाट शुरु हुने नेपाल आइडल सीजन ३ लाई डिशहोमले संचालन गर्नेछ।
नेपाल आइडल सीजन ३ प्रसारणको संघारमा आएसँगै सर्वाधिक ग्राहक संख्या भएको तथा अन्तर्रा्ष्ट्रिय स्तरको प्रसारण गुणस्तर भएको डिशहोम पनि यसमा संलग्न हुन आएको हो। अन्तर्रा्ष्ट्रिय रुपमा चर्चित यस शोलाई नेपालमा एपी वान् एचडीले पहिलो संस्करणदेखि नै प्रसारण गर्दै आइरहेको छ र विगतका २ सिजनले नेपालमा पनि यसको लोकप्रियता शिखरमा पुगेको छ।
नेपाल आइडल कार्यक्रमको प्रसारण टेलिभिजनमा समाप्त भए लगतै उक्त कार्यक्रम डिशहोमको रियालिटी टीभी च्यानल नं. १४३ मा पुनः प्रसारण गरिने पनि डिशहोमले जनाएको छ।