काठमाडौं– डा. घनश्याम खतिवडा पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्। बुधबार बसेको बैठकले उनलाई चार वर्षे कार्यकालको लागि उक्त पदका जिम्मा दिइएको हो।
कोषका सदस्यसचिव डा प्रदीप ढकालका अनुसार कोष सञ्चालक परिषद्का अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले कार्यकारी निर्देशकमा चार वर्षका लागि खतिवडालाई नियुक्त गरेको हो।
नवनियुक्त निर्देशक खतिवडाले आजै पशुपति वनकालीस्थित कोषको कार्यालयमा गई पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै उनले चारवर्षे कार्यकालमा पशुपति क्षेत्रको समग्र विकासमा सरोकार भएका निकायबीच समन्वयात्मक तरिकाले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघिका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीको पदावधि गत असोजमै सकिएको थियो।परिषद् बैठकमा नेपाल भ्रमण वर्ष २०२० मा पशुपति क्षेत्रमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउन के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताइएको छ।