एजेन्सी–अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा रेकर्ड ब्रेक गर्ने गर्मीका र आगलागीका घटना बढेपछि संकटकालको घोषणा गरिएको छ। अष्ट्रेलियामा गएको मंगलबार अहिलेसम्मकै सबैभन्दा तातो दिन महसुस गरिएको थियो। त्यहाँको तापक्रम ४० दशमलब ९ सेन्टिग्रेड अर्थात् १०५ दशमलब ६ फरेनहाइट महसुस गरिएको थियो।आज बिहीबार तापक्रम अझ बढ्ने अनुमान गरिएको छ।
न्यू साउथ वेल्सका अधिकारीहरुले एक महिनाको बीचमा करिब १०० आगलागीका घटनाको सामना गरेका छन्। अवस्था खराब हुँदै गएकोले सो राज्यमा एक हप्ताका लागि संकटकालको घोषणा गरिएको हो। सिड्नी क्षेत्रमा आजको तापक्रम पनि ४० सेन्टिग्रेडकै हाराहारीमा रहेको जनाइएको छ।
संकटकालको घोषणा गरिएपछि समश्याका समाधानको लागि अधिकारीहरुलाई अतिरिक्त शक्ति उपलब्ध हुने गरेको छ। सन् २०१३मा औसत तापक्रम ४० दशमलब ३ सेन्टीग्रेड सम्म पुगेको थियो। बीबीसी