भोजपुर– रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका १ डाँडागाउँका ६० वर्षीय ऋषिधन सार्कीको रुखबाट लडेर मृत्यु भएको हो।
बुधबार बिहान करिब ९ बजे घर छेउमा रहेको रुखमा चढेर घाँस झार्ने क्रममा उनी लडेका हुन्। रुखबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।