काठमाडौं– पौष महिनालागे सँगै काठमाण्डौमा अत्यधिक चिसो बढेको छ। अझ, रात र बिहानको समयमा चिसोका कारण बाहिर निक्लीन र हिडडुल गर्न पनि सकिन्न। यस्तो मौसममा रातभरी पानीमा रुझ्दै काम गर्न निकै कठिनको कुरा हो।
तर नेपाली चलचित्र ‘चपली हाइट ३’का कलाकार भने रातभर पानीमा रुझेर काम गरिरहेका छन्। चलचित्रको सेटमा रातभर ट्यांकरबाट पानी झारेर छायांकन गरिएको निर्माता अर्जुन कुमारले बताएका छन्।
उनका अनुसार अहिले चलचित्रको क्लाइमेक्सको छायांकन भैरहेको छ। नायिका स्वस्तिमा खड्का र नायक आमिर गौतम रातभरको चिसोमा र पानीमा रुझेर चलचित्रमा काम गरिरहेका छन्।
मंगलबार पनि १० ट्यांकर पानी छायांकनमा प्रयोग गरिएको निर्माण टिम बताउँछ। जाडौ मौसममा पनि कलाकारले फिल्मको लागि दरो मिहिनेत गरिरहेका छन्।
निकेश खड्काको निर्देशनमा निर्माण भैरहेको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ। यो चलचित्रलाई सस्पेन्स थ्रीलर कथामा निर्माण गरिए सँगै चलचित्र चैत्रको २८ गतेबाट रिलिज हुँदैछ।