एजेन्सी– क्रिकेटमा सबैभन्दा बढी प्रतिस्पर्धात्मक मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन बिहिबार हुँदैछ। कोलकत्तामा हुने अक्सन नेपाली अनुसार दिउँसो २ः४५ बजे शुरु हुनेछ।
यस सिजनको आइपीएल अक्सनमा कुल ३ सय ३२ खेलाडी रहेका छन्। जसमध्ये ७३ खेलाडी विक्री हुनछन्। अक्सनमा सबैभन्दा बढी रकम खर्च गर्न पाउने रकम किंग्स इलाभेन पञ्जावसँग छ। सबैभन्दा कम खर्च गर्न पाउने रकम रोहित शर्मा कप्तान रहेको साविक विजेता मुम्मइ इन्डियनसँग रहेको छ।
अक्सनमा इंग्ल्यान्डका कप्तान इओन मोर्गन, ओपनर जोसन रोय, विकेटकीपर टम ब्यान्टन, युवा अलराउन्डर साम करन, अष्ट्रेलियाका ओपनर आरोन फिन्च, क्रिस लिन, हिटर ग्लेन म्याक्सवेलजस्ता खेलाडीमाथि सबैकाे ध्यान खिचिएकाे छ। उनीहरूलाइ कुन टिमले कति मुल्यमा अनुबन्ध गर्ला भन्ने धेरैकाे चासाेकाे विषय बनेकाे छ।
त्यसैगरी तीब्र गतिका बलर प्याट कमिन्स, न्युजिल्यान्डका अलराउन्डर जेम्श निशम, वेस्ट इन्डिजका तीब्र गतिका बलर शेल्डन कटरेल र युवा ब्याट्सम्यान शिमरोन हेटमायर लगायतका खेलाडी महँगो मूल्यमा बिक्न सक्ने अनुमान गरिएको छ।