उदयपुर– भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। उदयपुरको उदयपुरगढी गाउँपालिका–३ को गोठडाँडामा बिहीबार उक्त दुर्घटना भएको हो।
बिहान करिब ९ः१५ बजे भएको उक्त दुर्घटनामा घटनास्थलमै मृत्यु भएको हो। उदयपुरगढीबाट कटारी जाँदै गरेको एसके०१पिबी ३०६८ नम्बरको जीप दुर्घटना हुँदा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टीकाराम श्रेष्ठ छन्।भारतको सिक्किममा रहेका आफन्त भेटघाट गरेर घर फर्कनेक्रममा जिप दुर्घटना भएको हो।
जीप अनियन्त्रित भई सडकदेखि करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। उनीहरूलाई थप उपचारका लागि विराटनगर ल्याइएको छ। उक्त जीप भारतको सिक्किमबाट आएको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए।