काठमाडौँ– यसै महिनाको अन्त्यसम्ममा नेपाली बजारमा यामाहाको नयाँ स्कुटर सार्वजनिक हुने भएको छ। यामाहाको आधिकारिक वितरक एमडब्ल्यु इन्टरप्राइजेले यामाहा एनम्याक्स–१५५ सार्वजनिक गर्ने भएको हो।
कम्पनीको अनुसार यस स्कुटरमा १५५ सीसी लिक्वीड कुल्ड फ्युल इन्जेक्टेड इन्जिन लगाइएको छ। कम्पनीले आर १५ भी ३.० र एरोक्स १५५ मा पनि यहि इन्जिन लगाएको छ। यस इन्जिनले १५.०९ पीएस र १४.४ एनएम टर्क पावर उत्पादन गर्छ।
६.६ लिटर फ्युल क्षमताको ट्यांकी लगाइएको यो स्कुटरमा डिजिटल स्पीडोमिटर, डिजिटल टेकोमिटर जस्ता विशेषता पनि दिइएको कम्पनीले जनाएको छ। यसको लम्बाइ १९५५ एमएम, चौडाई ७४० एमएम, १११५ एमएम उचाइ रहेको छ भने यसमा १३५ एमएम ग्राउन्ड क्लियरेन्स र १३५० एमएमको ह्वीलवेश रहेको छ।
१२७ किलोग्रामको यो स्कुटरमा एलइडी हेडलाइट, एलइडी टेललाइट, बल्ब टर्न सिंग्नल ल्याम्प, ट्युबलेस टायर र अलोय ह्वीलको विशेषता प्रदान गरिएको छ। स्मार्ट की को विशेषता भएको यो स्कुटरमा नयाँ यूनिटको इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ भने, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा ट्वीन ग्यास चार्ज्ड सक दिइएको छ।
यो स्कुटरको मूल्य नेपाली बजारमा लगभग पाँच लाख रुपैयाँ पर्ने कम्पनी स्रोतले जानकारी दिएको छ।