काठमाडौँ– एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुका लागि अर्को नयाँ अफर ल्याएको छ। जसअन्तर्गत कम्पनीको नेटवर्क भित्रका नम्बरहरुमा रातीको समयमा सस्तो दरमा कुराकानी गर्न सक्ने गरी अनलिमिटेड नाइट भ्वाइस प्याक अफर सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार एनसेलका ग्राकहले १० रुपैयाँमै एनसेल नेटवर्क भित्रका नम्बरमा रातभर कुराकानी गर्न सक्नेछन्। बिहीबार देखि लागु हुने यो अफर अन्तरगतको भ्वाइस प्याक बेलुकी १० बजेदेखि विहान ६ बजे सम्म लागु हुने छ।
एनसेलका ग्राहकले *17118*3# डायल गरि यो प्याक खरीद गर्न सक्नेछन्।