एजेन्सी– भारतमा ल्याइएको नागरिकता संशोधन विधेयकका कारण त्यहाँ आन्दोलन झन् चर्किँदै गएको छ। आज वामपन्थी दलहरुले भारत बन्द कार्यक्रमको आयोजना गरेका छन्। अन्य दलले पनि सो बन्दको समर्थन गरेका छन्। प्रहरीले विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई संघीय राजधानी नयाँ दिल्लीसमेत देशका विभिन्न भागबाट गिरफ्तार गरेको बीबीसीले जनाएको छ।
राजधानी दिल्लीमा प्रहरीले प्रदर्शनको अनुमति दिएको छैन। दिल्लीबाट चर्चित अभियन्ता योगेन्द्र यादव र बेंगलुरुमा इतिहासकार तथा गान्धीवादी रामचन्द्र गुहालाई पक्राउ गरिएको छ। दक्षिण कन्नडमा २१ डिसेम्बरसम्म निषेधाज्ञा लागु गरिएको छ। यद्यपि वामपन्थी दलले त्यहाँ विरोध प्रदर्शन गरेका छन्। हैदरावाद, चेन्नई र चण्डीगढमा विरोध प्रदर्शन भएका छन्।
नागरिकता विधेयकको विरुद्धमा आज भारतभर प्रदर्शन भइरहेका छन्। नयाँ दिल्लीका थुप्रै मेट्रो स्टेशन बन्द भएको बीबीसीले जनाएको छ।