काठमाडौं—एकै रातमा तिनजना महिलामाथि जबर्जस्ती गरेको अरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसी रहेका छन्। उनले गत मंसिर २७ गते राति उनले गाउँका तीन महिलालाई जबर्जस्ती करणी गर्न खोजेका थिए।
केशवलाई मंसिर ३० गते बेलुका नगरपालिका ९ राडी बजारमा लुकी बसेको अवस्थामा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरिक्षक सुमित खड्काका अनुसार माहिला मात्रै भएकी घरमा गएर उनले जबर्जस्ती गरेका थिए।
उनका अनुसार केशवले २७ गते राति १ बजे पति घरमा नभएकी ४० वर्षीया एक महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए। सोही राति २ बजे घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको बताएका छन्।
केशबले ढोकाको खापबाट हात छिराइ काठको खुटी (चुकुल) निकालेर प्रवेश गरेका थिए। बलात्कार गर्न खोज्दा प्रतिकार गरे पनि जबर्जस्ती करणी गरेको तीनै पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा छ।
उनीविरुद्ध जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।