काठमाडौँ– हिरो मोटोकर्पको लागि नेपालको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम) ले विभिन्न मोडलका १० भेरियन्टमा मोटरसाइकल र ५ भेरियन्टका स्कुटर गरी १५ भेरियन्टका स्कुटर तथा मोटरसाइकल बिक्री गर्दै आएको छ।
अन्य दुइपाँग्रे सवारी बिक्रेता कम्पनीले आफ्ना मोटरसाइकल तथा स्कुटरको मूल्य बढाइरहेको समयमा हिरोले भने आफ्ना कुनै पनि मोडलको मूल्य नबढाएको कम्पनीले जनाएको छ।
कम्पनीले नेपाली बजारमा दुई लाख ५० हजारभन्दा कम मूल्यका पाँच मोटरसाइकल बिक्री गर्दै आएको छ।
१.स्प्लेन्डर आइस्मार्ट आईथ्रीएसको मूल्य रू. १ लाख ८३ हजार पाँच सय
२.स्प्लेन्डर आइथ्रीएसको मूल्य रू.१ लाख ९४ हजार
३.ग्लामर डिएसएस एसभी आइथ्रीएसको मूल्य रू. २ लाख ७ हजार रुपैयाँ
४.एचिभर आइथ्रीएसको मूल्य रू. २ लाख २६ हजार रुपैयाँमा
५.स्प्लेन्डर प्लसको मूल्य रू. १ लाख ७६ हजार ५ सय
एक्सट्रीम रेन्जका तीन मोटरसाइकलको मूल्य भने २ लाख ५० हजार भन्दा माथि रहेको छ।
१.एक्सट्रीम स्पोर्टको मूल्य रू. २ लाख ५१ हजार
२.एक्सट्रीम २०० आरको मूल्य रू. २ लाख ९५ हजार ५ सय
३.एक्सट्रीम २०० एसको मूल्य रू. ३ लाख २२ हजार
यसका साथै एक्सपल्स सिरिजका मोटरसाइकलको मूल्य भने ३ लाख भन्दा माथि रहेको छ।
१.एक्सपल्स २००को मूल्य रू. ३ लाख ८५ हजार
२.एक्सपल्स २०० टीको मूल्य रू. ३ लाख ३२ हजार
स्कुटर सेग्मेन्ट अन्तर्गत सबैभन्दा सस्तो मोडल प्लेजरको मूल्य १ लाख ७६ हजार ५ सय रुपैयाँ रहेको छ भने, महंगो मूल्यको डेस्टिनी १२५ आइथ्रीएस २ लाख ६ हजार रुपैयाँमा बिक्री भइरहेको छ।