काठमाडौं– राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभा जारी छ। काठमाडौं स्थित भृकुटिमण्डपमा जारी साधरणासभामा देशैभरिका सहकारी संघ–संस्थाहरुकाे पदाधिकारीहरु लगायत राजनितिक व्यक्तिहरूकाे सहभागितामा रहेकाे छ।
वार्षिक साधारण सभा अन्तगर्तकाे उद्घाटन सत्र भने सकिएकाे छ। अर्थमन्त्री युवराज खतिवडाकाे प्रमुख आतिथ्यमा उद्घाटन सत्रकाे समापन भएकाे हाे। उद्घाटन सत्रलाइ सम्बाेधन गर्दै अर्थमन्त्री खतिवडाले सहकारी विकासमा सहकार्य गर्न सरकार प्रतिबद्धता रहेको बताएका छन्। उनले सहकारी बैंक सहकारीहरुकै संरक्षणका लागि स्थापना भएकाे बताउँदै सहकारी संथाहरुलाई नियमन गर्न सहकारी मन्त्रालयले छाता संगठन बनाउनुपर्ने जनाए।
त्यस्तै कार्यतक्रममा नेपाली काङ्ग्रेसका नेता तथा पुर्वमन्त्री वालकृष्ण खाँडले सम्पुर्ण नेपालीलाई सहकारीमा आबद्ध गराइ सम्वृद्धिकाे दिशामा लैजानुपर्नेमा जोड दिए। बुधबार शुरू भएकाे साधारण सभा शनिबार सकिने छ। उद्घाटन सत्र सकिएसँगै अहिले बन्द सत्र जारी छ। सहकारी बैंककाे नयाँ नेतृत्वकाे लागि बिहिबार रातिसम्म सहमति नभए शुक्रबार चुनाव हुने बताइएकाे छ।