काठमाडौं– कुरिलो एक औषधिजन्य वनस्पति हो। यो नेपालका सबै जसो भू—भागमा पाईने बहुबर्षीय लहरा युक्त वनस्पति हो।
काँडा सहितको काण्ड, मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरु हुन्छन्। आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त,शोक अनि शुक्र दुर्वलता निवारक, मानिन्छ। यसको कलिलो मुन्टा तरकारीको रूपमा खाइन्छ।
कुरिलो काँडा भएको र नभएको गरी दुइ प्रकारको हुन्छ। उच्च हिमाली भेगमा पाइने कुरिलोलाइ अस्पारागस पिलिसिनस भनिन्छ। यसको काँडा भने हुँदैन। तर औषधिय गुण भने समान हुन्छ। कुरिलो स्वास्थ्यका लागि निकै उपयोगी चिज हो। कतिपय मानिसले कुरिलो चिनिए पनि यसको फाइदाबारे जो कोहीलाई भने जानकारी हुँदैन।
यस्ता छन् कुरिलो खानुका फाइदा
कुरिलोको सेवन स्तनपान गराइरहेका महिलाको दुधको मात्रा बढाउन मात्र नभएर, पीडा कम गर्न, पिसाब पोल्ने समस्या हटाउन, अनिद्रा, भोक नलाग्ने समस्या, पाचन प्रणालीमा सुधार, पेटको ट्युमर, घाँटीमा भएको संक्रमण ब्रोंकाइटिस लगायतका रोगको उपचारका लागि उत्तम मानिन्छ।
यस्ता रोगहरुको उपचारका लागि कुरिलोको जरा तथा काण्ड दुबै प्रयोग गर्नसकिन्छ।