कैलाली– पछिल्लो समय वर्षासँगै बढेको चिसोका कारण कैलाली जिल्लाको धनगढीमा जनजिवन प्रभावित भएको छ। बढ्दो जाडोका कारण बिहान बेलुका बाहिर निस्कन नै समस्या भएको त्यहाँका स्थानियहरु बताउँछन्।
अत्यधिक चिसो भएसँगै विद्यालयको पढनपाठक कार्यपनि प्रभावित भएको छ। धनगढी उप–महानगरपालिकाले नगर भित्रका विद्यालयमा बिहिबार बिदा दिएको छ भने शुक्रबार पनि बिदा दिने बताएको छ।
धनगढी उप–महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बिहिवार बिदा भएको र शुक्रवार पनि बन्द गर्ने निर्णय भएको उप–महानगरपालिकाका उपसचिव विष्णुप्रशाद कोईरालाले बताएका छन्। बिहिबार बिहान मात्र उप–महानगरपालिकाले यस्ताे निर्णय गरेका कारण बिहिबार धेरैजसाे विद्यालयमा पठनपाठन भएकाे बताइएकाे छ। शुक्रबार भने सबै विद्यालय बन्द हुनेछन्।