पोखरा– पाृखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्सविरुद्ध चितवन राइनोजले शानदार जित निकालेको छ। बिहिबार भएको खेलमा चितवनले ले बुटवललाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको चितवनले बुटबललाई २ सय ४ रनको कीर्तिमानी लक्ष्य दिएको थियो। विशाल लक्ष्य पछ्याएको बुटवल १८.४ ओभरमा मात्र ८४ रनमा अल आउट भयो। बुटवलका लागि शिबम सिंहले सर्वा्धिक ३३ तथा भिम सार्कीले २१ रन बनाए। हरि चौहानले १२ रन बनाए।
चितवनको बलिङमा करण केसीले ४ विकेट तथा रोहन मुस्तफाले २ विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो। उसको लागि पारसले ४० बलमा ६ चौका र २ छक्कासहित ६३ रन तथा रोहन मुस्तफाले ५६ बलमा ७ चौका र २ छक्कासहित ७० रन बनाए।
त्यस्तै आरिफ शेखले ४० रनको योगदान दिए। बुटवलको बलिङतर्फ अफ्ताबुद्दीन अहमेदले २ तथा अविनास बोहराले १ विकेट लिए।