म्याग्दी– बाटोमा भेट्टाएको नगद र चेकसहितको महत्वपूर्ण सामग्री म्याग्दीका एक व्यवसायीले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका छन्। बाटोमा भेटिएको झोला बिहीबार सम्बन्धित व्यक्तीलाई हस्तान्तरण गरेका हुन्।
अन्नपूर्ण गाउँपालिका–३ दानाकी रिया थापाले बेनीदेखि दानातर्फ जाने क्रममा जीपको झ्यालबाट खसेर हराएको थियो। सो झोला भेटेका रघुगङ्गा गाउँपालिका–२ पञ्चासेका झलक शर्माले सम्बन्धित व्यक्तिलाई हस्तान्त्रण गरेका हुन्।
बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरको बीच सडकमा भेटिएको झोलामा ५० हजार २२५ नगद, ५९ हजार बराबरको बैंकको चेक, दुई थान नेपाली नागरिकताको प्रमाणपत्र, औषधि, मोबाइललगायतका सामग्रीलाई थियो। गलेश्वर प्रहरीचौकीमा जनप्रतिनिधिको रोहवरमा शर्माले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइएको हो।रासस