एजेन्सी– रुसको संघीय सरक्षा निकायको मुख्यालय एफएसबी अगाडि गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्।
समाचार एजेन्सी इन्रफ्याक्सका अनुसार भवनभित्र स्वचलित हतियारधारीले जथाभाबी गोलाबारी गरेका थिए। बन्दुकधारीको पनि प्रहरीको गोली लागेर मृत्यु भएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको वर्षीक पत्रकार सम्मेलनको केही समयपछि सो घटना भएको हो। एफएसबी रुसको मुख्य सुरक्षा निकाय हो।
तीन जना बन्दूकधारीको समूहले हमला गरेको र तीनै जनाको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। रुसको स्वास्थ्य मन्त्रालयले दुई सरकारी अधिकारी गोली लागेर गम्भीर घाइते भएको जनाएको छ।यसपछि लगत्तै अनुसन्धान विभागले एक अधिकारीको मृत्यु भएको जनाएको छ।