काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार सानमिगेल मछिन्द्र क्लब र च्यासल युवा क्लब भिड्दैछन्। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे शुरु हुनेछ।
उपाधि दाबेदार मानिएको मछिन्द्र क्लबले पहिलोे खेलमा ब्रिगेड ब्वाइज क्लबलाई उद्घाटन खेलमा २–० गोलले पराजित गरेको थियो भने च्यासलले नमा संकटालाई २–० गोलले हराएको थियो। प्रतियोगितामा शुखद शुरुवात गरेको दुबै टोलीले एक अर्कालाई कडा टक्कर दिनेछ।
त्यस्तै शुक्रबार नै हुने अर्को खेलमा ब्रिगेड ब्वाइज र फ्रेन्ड्स क्लब एकअर्काविरुद्ध मैदान उत्रने छन्। उक्त खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ।