काठमाडौ– प्राइम कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनश सेयर दिने भएको छ। त्यसका लागि बैंकले आगामी पुस २५ गते १२ औं वार्षिक साधारण सभा गर्ने छ। बैंकले चुक्ता पुँजीको १६ प्रतिशत अर्थात् १ अर्ब ५४ ९८ लाख रुपैयाँको बोनश सेयर वितरण गर्न लागेको हो।
बैंकको चुक्ता पुँजी ९ अर्ब ३१ करोड ८६ लाख रहेको छ। बैंकले आर्थिक वर्ष २०७५–७६ मा २ अर्ब १९ करोड ८७ लाख खुद नाफा गर्न सफल भएको थियो।
साधारण सभाले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने छ।पुष १३ गतेसम्म बैंकको सेयर सुरक्षित गर्नेले वोनश सेयर प्राप्त गर्नेछन्।बैंकले साधारण सभा प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गर्ने जनाएको छ।