काठमाडौं– चलचित्र ‘सेन्टी भाइरस’ को पहिलो गीत ‘फनफनी’ भर्खरै सार्वजनिक गरिएको छ। काठमाडाैंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको लोक लयको गीतको सार्वजनिक गरिएको हो। सुविहानी फिल्मस् प्रालिको प्रस्तुतिमा तयार भएको यो चलचित्र फागूण ९ गतेबाट रिलिज हुँदैछ। गीतलाई १९ घण्टाभित्रै ३ लाख ५० हजार भन्दा बढीले हेरिसकेका छन्। छोटो समयमा गीतलाई अत्याधिक रुचाईएको छ।
चलचित्रको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सन विक्रम राइलाई देख्न सकिन्छ। यस्तै, चलचित्रको यो गीतमा मोडल अन्जली अधिकारीको पनि बबाल नृत्य देख्न सकिन्छ। अहिलेकी हट केक अन्जलीले यो गीतबाट राम्रो प्रतिक्रिया पाएकी छन्। मेलिना राई र कालिप्रसाद बाँस्कोटाको स्वर रहेको गीतमा शंकर थापाको संगीत, डीपी खनालको शब्द छ।
शंकर वि.सी.ले कोरियोग्राफी गरेको गीतको भिडियोलाई नविन घर्तीमगरले सम्पादन गरेका हुन्। रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दिन्डु लामाको लगानी रहेको छ। चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यको कथा, शैलेन्द्र डी कार्कीको छायाँङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार महर्जनको एकसन छ। चलचित्रका सह–निर्माता फुर्वा हेल्मो हुन्। यो चलचित्रले देशमा विद्यमान समसामयिक बिषयलाई उठान गरेको छ। त्यसैले चलचित्रको छायाँङ्कन देखि दर्शकको ध्यानाकर्षण बढेकाे छ।
https://www.youtube.com/watch?v=xv5_uD2A4YM